प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN
पौष २०८०
नवनिर्मित ईलाका प्रहरी कार्यालय मुग्लिङ, चितवनको भवन समुद्‍घाटन
२०८०-०९-२०

नेपाल सरकारको नियमित बजेटबाट ईलाका प्रहरी कार्यालय मुग्लिङ, चितवनको नवनिर्मित कार्यालय भवनको समुद्‍घाटन गरिएको छ । आज आयोजित एक कार्यक्रममा तालुक नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीज्यूको प्रमुख आतिथ्यतामा समुद्‌घाटन कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा ईच्छाकामना गाउँपालिका, चितवनका अध्यक्ष श्री दान बहादुर गुरूङज्यू, जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी श्री भुपेन्द्र थापाज्यू, तालुक नेपाल प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रहरी नायव महानिरीक्षक ई. फणिन्द्र बरालज्यू, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यू, ईच्छाकामना गाउँपालिका, चितवनका उपाध्यक्ष श्री माया सिलवालज्यू, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक श्री रामेश्‍वर कार्कीज्यू, सिनियर प्रहरी अधिकृतज्यूहरु, जनप्रतिनिधिज्यूहरु, संचारकर्मीज्यूहरु, स्थानीय व्यक्तित्व, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।    साथै उक्त कार्यक्रममा प्रहरी कार्यलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु हुने विभिन्न निकायका व्यक्तित्वहरुलाई प्रमुख अतिथिज्यूबाट सम्मान स्वरुप प्रशंसा पत्र प्रदान गर्नु भएको थियो ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०९-२०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक पोइन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा रातोमाटेबाट प्रहरी बरिष्ठ नायव निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले नारायणघाटबाट बिरगंज तर्फ जाँदै गरेको ना.४ ख.५९२२ नं.को यात्रु बाहक बस लाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार देश भारत मोतिहारी बस्ने वर्ष अन्दाजी ३७ को जितेन्द्र जैसवाल र सोहि बस्ने वर्ष अन्दाजी ३७ को मनोज कुमारले पेट देखी छातिको भागमा पलास्टिकले बेरेर अन्दाजी २/२ किलो गरी जम्मा अ ४ किलो लागुऔषध गाँजा फेला परेको थियो । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-०९-१५

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक पोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा रातोमाटेबाट प्रहरी बरिष्ठ नायव निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको BR 1 PB 3314 नं.को भारतिय सुमोलाई शंका लागी रोकी चेकजाँच गर्ने क्रममा उक्त सुमोको पछाडि भागमा लुकाई छिपाई राखेको लागुऔषध गाँजा ५ पोका अन्दाजी १५ किलो फेला परेको थियो । सुमो चालक जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालीका-२३, बस्ने वर्ष अन्दाजी ३० को रियाज देवानलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई  थप अनुसन्धान कार्य भईरहेको छ । 

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-०९-११

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पुर्व पश्चिम सडकखण्डमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट प्रहरी बरिष्ठ नायव निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलिले चितवनबाट सर्लाही तर्फ जाँदै गरेको  ना.८ ख ७५०४ न.को बियर लोड डिब्बा ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा बियरको काटुन सँगै सात वटा पोकामा अन्दाजी ८०/८५ किलो लागुऔषध गाँजा फेला परेको थियो । ट्रक चालक जिल्ला मकवानपुर थाहा नगरपालिका-११, बज्रबाराही बस्ने वर्ष अन्दाजी २५ को सबिन गुरुङलाई ट्रक हसित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०८०-०९-०९

सिन्धुली, सुनकोशी गाउँपालिका-३, बोहोरेटार स्थित वि.पि. राजमार्गमा मन्थलीबाट काठमाण्डौँ तर्फ जाँदै गरेको चालक जिल्ला रामेछाप, मन्थली नगरपालिका-१३ बस्ने अन्दाजी २४ वर्षीय रुपेश अधिकारीले चलाएको बा.प्र.०१-००६ ख ४५९३ नम्बरको बस र बिपरित दिशाबाट आउँदै गरेको चालक जिल्ला खोटाङ, हलेसी तुवाचुङ नगरपालिका-२ बस्ने २० वर्षीय सुसन राईले चलाएको बा ६० प ३५४५ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकल चालक घाईते भई उपचारको लागी खाल्टे स्थित आत्मिय अस्पताल सिन्धुलीमा लगिएकोमा उपचारको क्रममा निजको मृत्यु भएको छ । मोटरसाईकल पछाडि सवार जिल्ला खोटाङ, दिक्तेल नगरपालिका-१० बस्ने बर्ष १८ की मुनाकला राईको मृतक लास घटना स्थलबाट सब बाहानमा लिएर खुर्कोट पठाईएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-०९-०७

मकवानपुर, मनहरी गाउँपालिका-६,  स्थित प्रहरी चौकी सुनाचुरी अगाडि पूर्व पश्चिम सडक खण्डमा हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ७ ख ३११७ नम्बरको बसलाई शंका लागि प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा उक्त बसको सहचालक जिल्ला बारा, जितपुर सिमरा उपमहानगरपालिका-७, टांगा बस्ने २७ वर्षीय पर्वत दोर्जे योन्जनले बोकेको कालो झोला भित्र लुकाई छिपाई ल्याएको अन्दाजी ३ किलोग्राम लागु औषध गाँजा फेलापारी, चालक जिल्ला सल्यान, सारदा नगरपालिका-८, सिमपानी बस्ने ३१ वर्षीय राज कुमार ऐरी र सवारी साधन सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-०९-०६

चितवन, राप्ती नगरपालिका-१, दुबिचौर स्थित ईलाका प्रहरी कार्यालय, चितवनबाट खटिएको प्रहरी टोलिले पैदल हिडिरहेको ब्यक्तिहरूलाई शंका लागी झोला चेकजाँच गर्दा र्‍यापिङ गरेका लागुऔषध गाँजा २७ किलो ५०० ग्राम र गाजाँको धुलो १३ किलो २०० ग्राम फेला पारी निज व्यक्तिहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला चितवन, राप्ती नगरपालिका-१ बस्ने २० वर्षीय सुरेन्द्र चेपाङ, सोही ठेगाना बस्ने वर्ष १८ को जेठा चेपाङ, सोही ठेगाना बस्ने ५० वर्षीय कृष्ण बहादुर घलान, जिल्ला पर्सा बस्ने ५५ वर्षीय बमु चौधरी, सोही ठेगाना बस्ने २३ वर्षीय सरोज राउत र जिल्ला मकवानपुर, राक्सिराङ गाउँपालिका-९ बस्ने २० वर्षीय रोशन थिङ रहेका छन् । निजहरूलाई ईलाका प्रहरी कार्यालय, चितवनमा ल्याई अन्य अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०९-०२

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, फारलाईन स्थित भित्री सडक खण्डमा लागुऔषध बेचबिखन गरी रहेको छ भन्ने बिशेष सुचनाको अधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी बरिष्ठ नायव निरीक्षकको कमाण्डमा टोली खटि गई जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-८ कमाने बस्ने वर्ष अन्दाजी २७ को बिबेक वाईबा र जिल्ला मकवानपुर भिमफेदी गाउँपालिका-२ बस्ने वर्ष अन्दजी २९ को सुरज मगर लाई फेला पारी चेकजाँच गर्ने क्रममा बिबेक वाईबाको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ अन्दाजी ३ ग्राम लागुऔषध फेला पारी लागुऔषध सहित दुबै जनालाई नियन्त्रणमा लिई निजहरुको साथमा रहेको ना. ४५ प. ५२१६ नं.को २२० cc को पल्सर मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

अधिक लोड >>
कम देखाउनुहोस् <<